आनन्दमोहन श्रीमान लुम्बिनीका माननीयलाई पनि अप्ठ्यारो

आनन्दमोहन श्रीमान लुम्बिनीका माननीयलाई पनि अप्ठ्यारो

पदमुक्त गर्ने पार्टीको निर्णयविरुद्ध जसपाका तीन सांसदले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई नहुने भएको छ । न्यायाधीश डा.आनन्दमोहन भट्टराईको ५ नम्बर इजलासमा सुनुवाइ हुने गरी पेशी तोकिएकोमा आजलाई स्थगित भएको हो ।

पार्टीको निर्देशन विपरित लुम्बिनी सरकारमा सहभागी भएका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डे,भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव र उद्योग,वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले जसपा र लुम्बिनी प्रदेश सचिवालयलाई विपक्षी बनाई रिट हालेका थिए ।

पार्टीको निर्णय विपरित सरकारमा सामेल भएको,दलको ह्वीप उल्लंघन गरेको भन्दै जसपाले तीनैजना सांसदलाई पदमुक्त गरेको थियो ।यसअघि सर्वोच्चको अन्तरिम आदेशले सांसद पदमा निरन्तरता पाएका उनीहरुलाई जसपाको आधिकारिकता विवाद टुंगो लागेलगत्तै पुन: कारवाही गरिएको हो ।

यसअघि गत हप्ता प्रभू साह र टोपबहादुर रायमाझीहरुको रीट पनि आनन्दमोहन श्रीमानकै बेन्चमा पर्दा आफ्नो अनुकूल नठानेर स्थगित गराइएको थियो ।

टिप्पणीहरू