ललितपुरले ल्यायो बिजुली गाडी

ललितपुरले ल्यायो बिजुली गाडी

ललितपुर महानगरपालिका वडा नं ३ ले विशेषतः ज्येष्ठ नागरिक र अपांगता भएकाहरूको लागि वातावरण मैत्री विध्युतीय गाडी सञ्चालनमा ल्याएको छ ।

उनीहरुलाई वडामा सेवा लिन आउन र सेवा लिइसकेपछि घरसम्म पुर्याउन वातावरण मैत्री विद्युतीय गाडी सञ्चालनमा ल्याइएको हो ।गाडीको शुभारम्भ उर्जा मन्त्री पम्फा भुसालले गर्नुभएको थियो । भुसाल र साझा यातायातका अध्यक्ष एवं वरिष्ठ पत्रकार कनकमणी दिक्षितले स्थानीय तह वा वडाले यस किसिमको गाडी सञ्चालनमा ल्याएको यो नेपालमै पहिलो पटक रहेको बताउनुभयो ।

टिप्पणीहरू