कांग्रेसमा २४ औँ दिनसम्म पनि धर्ना र अनसन जारी

कांग्रेसमा २४ औँ दिनसम्म पनि धर्ना र अनसन जारी

नेपाली कांग्रेसको महाधिवेशन आउन एक महिना बाँकी रहँदा क्रियाशील सदस्यताको विवाद भने उल्झँदै गएको छ । क्रियाशील सदस्यतालाई लिएर शुरु भएको विवाद २४ औँ दिनसम्म आइपुग्दा समेत टुङ्गो लाग्न नसकेको हो ।

सदस्यता छानविनमा अनियमितता भएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको धर्ना तथा रिले अनसन आज पनि जारी भएको छ ।

उता,बारा जिल्लामा पनि पूर्व सांसद रामअयोध्याप्रसाद यादवको नेतृत्वमा जिल्लाको २३ औं दिनको धर्ना कार्यक्रम भैरहेको छ । यसैगरी,पूर्वमन्त्री बज्रकिशोर सिंहको नेतृत्व रहेको रौतहटको रिले अनसनमा डा.देवचन्द्र मिश्र, महासमिति सदस्य उदयकान्त यादव,महाधिवेशन प्रतिनिधि लगायत २० जनाको उपस्थिति रहेको छ ।

रौतहट क्षेत्र नं. १ मा पार्टी विधान,नियमावलि र केन्द्रीय परिपत्र विपरित नविकरण,नयाँ क्रियाशील सदस्य र लोकतान्त्रिक फोरमबाट समायोजनको संख्या भन्दा बढि सदस्यता बितरण गरेको विरुध्द मन्त्रीहरु रिले अनसनमा बसिरहेका छन् ।

टिप्पणीहरू