दार्चुला तुइन प्रकरणमा भारतीय दूतावासलाई ज्ञापनपत्र बुझाइँदै

दार्चुला तुइन प्रकरणमा भारतीय दूतावासलाई ज्ञापनपत्र बुझाइँदै

दार्चुलाको ब्यास गाउँपालिका २ मा केही दिनअघि भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेर नेपाली नागरिक जयसिंह धामीको मृत्यु भएपश्चात घटनाको सत्य तथ्य छानबिन माग गर्दै आन्दोलन हुँदै आएका छन् ।

भारतीय पक्षले तुइन काट्नुमा आफ्नो हात नरहेको बताउँदै आएपनि स्थानीय प्रत्यक्षदर्शीले भने तुइन काटेर भारतीय एक जवान भागेको देखेको बताएका हुन् ।

यता,गृहमन्त्री बालकृष्ण खाँणले घटनाको अनुसन्धान गर्न ५ सदस्यीय टोली गठन गरेपनि विभिन्न संघसंस्था,राजनीतिक दलहरुले भने दवावका कार्यक्रम गर्दै आएका छन् । आज पनि राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले उक्त घटनाको विषयमा भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने भएको छ ।

युवा संगठनले अहिले १ बजे स्काउट ग्राउण्ड,लैनचौरबाट अघि बढेर नेपालका लागि भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने भएको हो ।

टिप्पणीहरू