सबैजना सर्वांग

लण्डनमा सक्रिय एउटा कम्पनीले यस्ता महिला माग गरेको छ, जो हातमा पञ्जा र खुट्टामा चप्पलमात्र लगाएर अर्थात् सर्वांग नांगिएर घरेलु काम गर्न इच्छुक छन् । विज्ञापनमा भनिएको छ, ‘जागिर सबै उमेर र जस्तोसुकै शरीर भएकाले पाउन सक्छन् ।

नांगै लुगा धुने, कोठा र झ्यालढोका सफा गर्ने, कुचो लगाउने, लुगामा आइरन लगाउने काम गर्नुपर्नेछ र यसबापत पहिलो एक घण्टामा ६५ र त्यसपछि प्रत्येक घण्टा ५५ पौण्ड पारिश्रमिक पाइनेछ ।’ डेढ वर्षअघि शुरु गरिएको सेवालाई ब्रिटेनभरि फैलाउने योजना छ । कम्पनीका अनुसार सेविकालाई त्यस्ता घरमा काम गर्न पठाइनेछ, जहाँका मानिस पनि नांगै रहन रुचाउँछन् । अर्थात् काम गराउने र काम गर्ने सबै नांगै हुनेछन् । सेविकालाई छुन, फोटो लिन र यौनकार्य गर्न नपाउने शर्तनामामा मालिकलाई हस्ताक्षर गराइएको हुन्छ ।

टिप्पणीहरू