जागेश्वर जोगिए,सरुवा हाललाई रोकियो

जागेश्वर जोगिए,सरुवा हाललाई रोकियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राज्यमन्त्रीस्तरीय निर्णयबाट गरेको चार जना स्वास्थ्य अधिकारीहरुको सरुवाप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले चासो दिनुभएको छ ।

मन्त्रालयले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै कोभिड युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई हटाएर डा. रुद्र मरासिनीलाई सो ठाउँको जिम्मेवारी दिएको थियो ।

यस्तै मन्त्रालयले हिजै सार्क क्षयरोग केन्द्रका विवेकलाल कर्ण र फाजिलमा रहेकी रिता भण्डारी जोशीको जिम्मेवारी हेरफेर गरेको थियो । कर्णलाई स्वास्थ्य समन्वय महाशाखा र भण्डारीलाई क्षयरोग केन्द्रको जिम्मेवारी तोकिएको घटनाप्रति प्रधानमन्त्री देउवाले चासो देखाउँदै सरुवा रोक्न निर्देशन दिनुभएको स्वास्थ्य मन्त्रालय स्रोतले जनआस्थालाई जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार प्रधानमन्त्रीको निर्देशनपछि ४ जनाकै सरुवा तत्काललाई थमौती भएको छ । अहिले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग रहेका कारण तत्काललाई सरुवा कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले हिजै निर्देशन दिनुभएपछि सरुवा रोकिएको मन्त्रालयले जनाएको छ ।

जागेश्वर पुरानो ठाउँको जिम्मेवारी समेत खोसेर अन्तै पठाइएपछि सन्तुष्ट हुनुहुन्थ्यो । उहाँले निर्णय पुनर्विचार नभए राजीनामा दिने चेतावनीसमेत दिनुभएको हो ।

टिप्पणीहरू