जहाँ कपाल काट्न पाइन्न

चिनियाँ प्रान्त ग्वाङ्सी ह्वाङलुओ याओ गाउँ छ, जहाँका महिलाले जीवनभरिमा एकपटक मात्र कपाल काट्छन् । याओ जातिका यिनीहरुको कपालको औसत लम्बाई २ दशमलब ३ मीटर छ । जन्मेदेखि कपाललाई भारतका शिखहरुले आफ्नो कपाल पगडीमा बाँधेजस्तो मजेत्रोभित्र लुकाउने चलन छ ।

बिहे हुने पक्कापक्की भइसकेपछि सबैजना नजिकको नदीमा गएर कपाल धुन्छन्, फैलाउँछन्, सुकाउँछन् र कोर्छन् । गीत गाएर, नाचेर पर्वकै रुपमा मनाउँछन् । बिहेपछि फेरि कहिल्यै कपाल काट्दैनन् । कपाल जति लामो हुन्छ, त्यति नै आयु, भाग्य र सुख पाइन्छ भन्ने विश्वास गर्छन् । लामो कपाल हुने महिलाको गाउँको रूपमा गिनिज बुकमा समेत रेकर्ड अंकित भइसकेको छ ।

टिप्पणीहरू