पोलिटिक्स, पुलिस र पर्दा

०६९ साल चैत २४ गते पाँचथर फिदिममा ‘राष्ट्रियता बचाऔं सांस्कृतिक कार्यक्रम २०६९’ गर्न जिल्ला तत्कालीन सिडिओ कोषहरि निरौलासँग ५ चोटि अनुमति मागियो । कहिले के भन्ने, कहिले के ? कार्यक्रम गर्नुपर्ने भयो, गरियो । प्रायोजक बिना टिकट २५ सय उठ्यो र पत्रहरू पठाइए बजारमा, सौजन्य दिनु होला भनेर । प्रेम केप्छाकी नामका व्यापारी कहाँ पनि पठाइएको । जबरजस्ती भनी जिल्ला प्रशासनमा जाहेरी गरेछन् । त्यसका लागि १८ दिन हिरासत बसी  ५० हजार रुपैयाँ धरौटी राखेर बाहिर आइयो । मुद्दा जितियो, ५० हजार  फिर्ता भयो । दोषी को हो ?

०७० कात्तिक १६ गते फिदिममा लिम्बुवानी सुम्हाल्लुङ सांस्कृतिकभेट ०७० कार्यक्रम गरियो – कलाकार राजेशपायल राई, डम्बर नेपाली र बादल लिम्बू । सिडिओ साबले कार्यक्रम नै रोक्नुभयो ।

०७१ सालमा पाथीभरा कन्सर्ट गर्ने भनेर ताप्लेजुङमा एक जनालाई ५ हजार रुपैयाँको प्रायोजन गर्नुहोला भनी एउटा साथीले टिकट थमाएछन् । कोठामा बसेर फिल्म स्क्रिप्ट लेखिरहेको थिएँ घुमुवा प्रहरी हत्कडी लिएर आइपुगे । वारेन्ट पेपर चाहिन्न ? घुमुुवा प्रहरी सादा पोशाक लाएर गुण्डागर्दी गर्ने ? त्यहाँ पनि १८ दिन बसी ५÷५ हजार धरौटी राखेर निस्क्यौं । शुक्रबार पत्रिकामा गोपाल दाहालले ठूलो फोटोसहित राजेश हमालको फोटो बेचियो भनेर समाचार छापे । त्यो पाथीभरा कन्सर्टमा उनलाई ल्याउने कुरै थिएन । ०७० चैत २२ गते नै ताप्लेजुङ आइसक्नुभएको थियोे ।

०७३ मंसिर २५ गते रेडकार्पेट पाथीभरा कन्सर्ट २ ताप्लेजुङमा भयो । सत्यकला राई, हिमाल सागर, अनु शाह, दिनेश भारती र मलाई बोलाइयो । अनु शाह र मलाई फिल्मको लागि भन्ने योजना, अनु शाहलाई १० गते नै रु ४० हजार दिइएको, सत्यकला राईलाई १० हजार घरमै दिइएको, हिमाल सागर र दिनेश भारतीलाई मंसिर २६ गते ४ बजे पैसा बुझाइएको हो । त्यहाँ पनि अनाहकमा मलाई घुमुवा च्यवन चौहानको नेतृत्वमा ४ घण्टा प्रहरी कार्यालयमा राखियो । पत्रिकामा आयोजक भाग्यो, मित्रले पैसा दिएन, तर आयोजक कार्यक्रम संयोजक वद्री लाम्गादेले रकम बुझाएका छन् त्यसै दिन भने । आफ्नै देश, त्यसमाथि पूर्व मै बसेर काम गर्दा कोषहरि निरौला र च्यवन चौहानहरूले मलाई किन दःख दिएका हुन् ? मैले लिम्बुवानको राजनीति गर्नु नहुने भनेर संविधानको कुन धारामा उल्लेख छ ? १८३१ को नूनपानी सन्धि गोर्खा र लिम्बुवानको हो – म सन्धि कार्यान्वयन हुनु पर्छ र प्रदेश नं. १ लिम्बुवान संघराज्य घोषणा गरिनुपर्छ भन्छु ।

२०७३ पुस २७ देखि माघ २ गतेसम्म धरातलमा सम्पन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा राजनीति र सिनेमा बहसमा, राज्य बेखवर भएको चलचित्रको लागि, सिनेकर्मी राज्यबाट पीडित, वितरक र हलवालाबाट झन पीडित, सिनेमाको व्याकरण, पात्र, लुट, चपली हाइट, छक्कापञ्जा जस्ता असन्देश दिने चलचित्र सुपरहिट ? के पैसा कमाउनु मात्र चलचित्र हिट हुनु हो ? फिल्मी बजार, नेपाली कलाकाहरूको पीडा सम्बन्धी वहस भयो । चलचित्र सिर्जना हो, कोरा कल्पना मात्र हावी भयो भने खेलाँची, ढर्रा मात्र हुन्छ भन्नुभयोे वरिष्ठ फिल्म निर्देशक लक्ष्मीनाथ शर्माले । चीनमा वर्षमा पटक सिनेमा हेर्ने संस्कार छ – नेपालीमा चलचित्र हेर्ने छैन । अब संस्कार निर्माण गर्नु प¥यो, हलिउड फिल्मी निर्देशक सी फेईले भन्नुभयो । ४७ वटा फिल्म प्रदर्शन, एक दर्जन देशका फिल्मकर्मीको उपस्थिति । धरान फिल्ममय भयो भयो एक हप्तासम्म । पोलिटिक्स, पुलिस र पर्दाको बहस सफल र सान्दर्भिक थियो ।
मित्र लिङ्देन, कलाकार पालाम फिल्म, प्रदेश नं. १

टिप्पणीहरू