पार्टी एकताबारे नेपाल खेमाको घण्टौं विचार विमर्श

पार्टी एकताबारे नेपाल खेमाको घण्टौं विचार विमर्श

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज पार्टी एकताबारे झण्डै चार घण्टा छलफल गरेको छ । पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल समूहबीच बढेको दूरीलाई कम गर्न र तत्काल पार्टी एकतालाई अघि बढाउन आजको विचार विमर्श भएको बताइएको छ ।

आज बुध्दनगरस्थित क्वालिटी व्याङ्क्वेटमा वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा एमाले स्थायी कमिटी सदस्यहरू भीम रावल,सुरेन्द्र पाण्डे,गोकर्ण विष्ट,भीम आचार्यलगायतको उपस्थिति थियो ।

छलफल दिउँसो करिब पौने २ बजेबाट शुरु भएर ६ बजेसम्म भएको स्रोतको दाबी छ । बैठकमा पार्टी एकताको विषयमा भएका पछिल्ला प्रयासबारे छलफल भएको बताइएको छ ।

टिप्पणीहरू