२३ लाख पोको पारेका फरार भारतीय पक्राउ

२३ लाख पोको पारेका फरार भारतीय पक्राउ

काठमाडौंको ताहाचलस्थित एउटा घरबाट झण्डै २३ लाखको धनमाल चोरी गरेको कसुरमा फरार भएका एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतको फैसलापछि फरार भएका भारतीय नागरिक धर्मेन्द्रकुमार पोदारलाई कलंकीबाट पक्राउ गरिएको हो ।

हाल कालिमाटी प्रहरी वृत्तमा राखिएका उनीमाथि थप अनुसन्धान थालिएको छ ।

टिप्पणीहरू