जताततै बैंकिङ कसूरका फरार प्रतिवादी

जताततै बैंकिङ कसूरका फरार प्रतिवादी

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बाँके नेपालगञ्जमा समेत पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१ का ५६ वर्षीय विनोदकुमार श्रेष्ठलाई आज प्रहरीले राजधानीबाट पक्राउ गरेको हो ।

उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासको गत फागुन १२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३० लखा ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले भक्तपुर काडाँघारीबाट पक्राउ गरेको हो ।

श्रेष्ठले आफ्नो खातामा पर्याप्त रकम नहुँदाको अवस्थामा समेत पिडितलाई झुक्याएर नबिल बैंकको चेक दिएका थिए । त्यसलाई बैंकिङ् कसूरजन्य अपराध ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

टिप्पणीहरू