टोपबहादुरहरुको साँसद पद जोगाएन सर्वोच्चले

टोपबहादुरहरुको साँसद पद जोगाएन सर्वोच्चले

एमाले प्रवेश गरेर पनि माओवादीको सांसद बन्न माग गर्दै टोपबहादुर रायमाझीसहित पूर्वमाओवादी नेताहरुको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

नेकपा विभाजनपछि ओली सरकारको मन्त्री बनेर एमालेमा गएका उनीहरुलाई माओवादी केन्द्रले सांसद पदसमेत नरहने गरी कारवाही गरेको थियो । माओवादीले गरेको कारवाहीलाई चुनौती दिँदै पूर्वमाओवादी नेता लेखराज भट्टसहित चार नेताले रिट हालेका थिए ।

उक्त रिटमाथि सुनुवाई गर्दै आज न्यायाधीश ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आदेशमा सुविधा सन्तुलन समेतका दृष्टिले अन्तरिम आदेश जारी गर्नु मनासिव नदेखिएको उल्लेख छ ।

टिप्पणीहरू