अचम्मको अवस्था आइलाग्यो

केही दिनअघि पुष्पलाल चोकबाट चारबाहिनी चोकतिर आइरहेको थिएँ । ठ्याक्कै धम्बोझी चोकको बीच सडकमा अधबैंशे पल्टिरहेका थिए, उनकी अर्धांगिनी खुट्टा मिचिरहेकी थिइन् भने ती पुरुष चुरोटको सर्काे तान्दैै थिए । रिस उठ्यो । नजिक गएर त्यो दृश्य कैद गरें र के रहेछ भन्ने बुझें । ती पुरुषको पेटमा घाउ रहेछ । छेउछाउमा अलि, अलि रकम देखिन्थ्यो । जोडी सहयोगको अपेक्षामा थियो ।  

सडकमा सुताएर सहयोग माग्नु पनि बाध्यता होला । श्रीमतीको अनुहार हेर्दा लाग्थ्यो, उनी साहै्र पीडामा छिन्, उसो त बिरामी पुरुष दुःखित नहुने कुरै भएन तर श्रीमतीलाई खुट्टा मोल्न लगाएर सानका साथ चुरोटको सर्काे तान्दा कोही–कसैको पनि मन पग्लँदैन । कतै उनलाई पनि पुरुषत्वको भावनाले गाँजेको हुन सक्छ । दुःखको अभिव्यक्ति चुरोट तानेर हुँदैन भन्ने कुरा उनले बुझेजस्तो लागेन । अर्काेतर्फ उनी साँच्चिकै पीडित हुन् कि होइनन् भन्ने पनि खोजीको विषय हो । यसरी सडकमा बस्नेहरूको वास्तविकता पनि अब सरकारले बुझ्न जरुरी छ ।

– एक युवक

टिप्पणीहरू