माधव नेपालनिकट युवा संघद्वारा भारतीय दूतावासअगाडि प्रदर्शन

माधव नेपालनिकट युवा संघद्वारा भारतीय दूतावासअगाडि प्रदर्शन

भारतीय सीमा सुरक्षा बलको अमानवीय कार्यको बिरोध गर्दै नेकपा एमालेको नेपाल समूह निकट युवा संघ नेपालले आज राजधानीमा प्रदर्शन गरेको छ । आज अपरान्ह लैनचौरबाट नाराबाजी गर्दै भारतीय दूतावास अगाडिको खानी विभागसम्म पुगेर संघले बिरोध गरेको हो ।

महाकाली नदी तर्दै गर्दा भारतीय सुरक्षा बल एसएसबीले तुइनको लठ्ठा फुस्काएपछि जयसिंह धामी महाकालीमा बेपत्ता भएका हुन् । प्रदर्शनमा संंघका अध्यक्ष नरेशकुमार शाही,महासचिव दिपक जिएमलगायत पाँच दर्जन बढीको उपस्थिति थियो ।

उनीहरुले भारतीय विस्तारवाद मूर्दावाद,युवासंघ नेपाल जिन्दावाद,जयसिंह धामीको मृत्यु होइन हत्या हो, नेपाली जनतामाथिको भारतीय एसएसबीको ज्यादती बन्द गर जस्ता नारा लगाएका थिए । यसैबीच गृहद्वारा गठित छानबिन टोली डडेल्धुरामा बास बस्नेगरी अहिले हगुल्टेको लेकतिर उकालो लागेको छ ।

टिप्पणीहरू