भद्रगोल फेरि भुर्भुराउँदा

खाऊँ दिनभरीको शिकार नखाऊँ भने कान्छा बाउको अनुहार ! यस्तै अवस्थाबाट गुज्रेका छन् चर्चित टेलिशृंखला भद्रगोलका निर्माता सुवाष कार्की ‘बेलासे’ । बैंकबाट ऋण लिई–लिई भद्रगोल बनाउँछन्, प्रसारण पनि हुन्छ तर मिडिया हबबाट पाउनुपर्ने पैसा उठ्दैन । चर्चित टेलिशृंखला भद्रगोल बन्दै गरौं लगानी डुब्ने डर । नगरौं, भद्रगोलप्रति दर्शकको अपार माया ! सिरियल रोकियोस् भन्ने चाहना नभए पनि यस्तै तनावबीच गुज्रेका छन् ।

‘तनावै तनाव छ, गोजीमा दुई रुपैयाँ छैन’ भन्ने थेगोबाट चर्चित सुवाष कार्की ‘बेलासे’ एकाएक हराए । सँगै भद्रगोल पनि हरायो । सो शृंखला शुक्रबारदेखि पुनः प्रसारण हुन थालेको छ । बेलासे ६ महिना लामो विदेश बसाइपछाडि हप्ता मात्र स्वदेश फर्किएका छन् । उनी आएलगत्तै भद्रगोल पहिलाको जसरी नै प्रसारण हुन थालेको हो । करिब ६ महिनाजति भद्रगोल बन्द भएपछि उनी युकेमा परिवारसँग बस्दै आएका थिए । विगतमा एक सय दश एपिसोडसम्म प्रसारण भएर बन्द रहेको भद्रगोल अब नियमित सुबी फिल्म्सकै ब्यानरमा प्रसारण हुने कलाकार तथा भद्रगोल निर्माता सुवाष कार्कीले जनआस्थालाई बताए ।

टिप्पणीहरू