कोरोनाबाट २३ को निधन, ३१ सय बढीमा संक्रमण « Jana Aastha News Online
Logo
२२ मंसिर २०७८, बुधबार
|  Wed Dec 8 2021

कोरोनाबाट २३ को निधन, ३१ सय बढीमा संक्रमण

प्रकाशित मिति :  १८ श्रावण २०७८, सोमबार १७:५३


पछिल्लो २४ घण्टामा कोरोनाबाट २३ जनाको ज्यान गएको छ । त्यसैगरी ३ हजार १ सय २५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय १३ जनामा पीसीआर तथा ३ हजार १ सय ९८ एन्टिजेन गरी १३ हजार ८ सय ११ जनामा परीक्षण गरिएको थियो ।

त्यस्तै आज १ हजार ९ सय २५ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ३१ हजार ६ सय २९ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !