राजनीतिमा के के मात्रै देख्न पाइने हो रमिता

राजनीतिमा के के मात्रै देख्न पाइने हो रमिता

आफूहरु माओवादीमै रहेको दाबी गरेका टोपबहादुर रायमाझीसहितका पूर्वमाओवादी नेताहरु एमाले स्थायी कमिटी बैठकमा आज पनि सहभागी छन् ।

सांसद पद जोगाउन माओवादी पार्टीमा रहेको दाबी गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि इश्वर खतिवडा श्रीमानको बेन्चमा सुनुवाई भैरहेका बेला रायमाझीसहितका पूर्वमाओवादी नेताहरु एमाले बैठकमा सहभागी हुन च्यासल पुगेका हुन् ।

च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी तेस्रो दिनको बैठकमा भाग लिन पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी,लेखराज भट्ट,मणि थापा पुगेका छन् ।

एमाले प्रवेश नगरेको दाबीसहित रिट हालेका उनीहरु एमाले बैठकमा सहभागी भैरहेका बेला यता सर्वोच्चमा भने सोही मुद्दामा सुनुवाई चलिरहेको छ ।

हिजोको बैठकमा पनि पूर्व माओवादी नेताहरु सहभागी थिए ।

टिप्पणीहरू