प्रकृति रिसाएको भावमा हेर्दाहेर्दै डाँडा खस्यो

भारतमा स्थानीय वासिन्दाले हेर्दाहेर्दै एउटा पहाडको आधा भाग नै अचम्मसँग खसेको छ । प्रकृति रिसाएको भावमा खसेको पहाडले नजिकैका सडकलगायतका भौतिक पूर्वाधारलाई क्षणभरमा बगाएको हो ।

घनघोर वर्षा नभएको र अन्य कुनै प्राकृतिक गतिविधिसमेत नभएको अवस्थामा त्यसरी पहिरो जानुमा सबैले अचम्म मानेका छन् ।

पहिरो जान लागेपछि वारिपट्टिबाट पारिका मानिसलाई सडकमा सवारी साधन नल्याउन आग्रह गरेकै क्षणमा हेर्दै डरलाग्दो तरिकाले पहिरो गएको हो । उनीहरुले सवारी साधन नल्याउ भनिनसक्दा डाँडाको एउटा भाग बगेको थियो ।

टिप्पणीहरू