कोरोनाले जाँच्यो मानव जातिको बौध्दिक क्षमता

कोरोनाले जाँच्यो मानव जातिको बौध्दिक क्षमता

मानिसलाई यो ब्रम्हाण्डमा अरु प्राणीभन्दा निकै बौध्दिक मानिन्छ । तर,अहिलेको कोरोना महामारीमा उक्त क्षमतामाथि प्रश्नचिन्ह उठेको छ ।

विश्वव्यापी रुपमा कोरोना महामारीबाट बच्न र अरुलाई बचाउन स्वास्थ्य मापदण्ड तोकिएको छ । त्यसमध्ये सामाजिक दूरी पनि एउटा हो । त्यसलाई सार्वजनिक स्थानमा कडाइका साथ लागू गरिएको बताइन्छ ।

विश्वमा मानिसहरु अहिले पनि सावधानीका साथ एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गरिरहेका छन् । सार्वजनिक यातायातमध्ये विमान यात्रालाई सबैभन्दा सुरक्षित मानिन्छ ।

तर, कोरोना महामारीको हकमा विमानमा पुग्नुअघि जति लामो सुरक्षित प्रक्रिया अपनाइएको हुन्छ विमानभित्र भने भीडभाड गरिएपछि मानिसको बौध्दिक क्षमतामाथि प्रश्नचिन्ह उठेको हो ।

विमानस्थलमा यात्रुको लगेज, पासपोर्ट र टिकटको प्रक्रियामा दूरी कायम गरिएको देखिन्छ । तर, ती सबै यात्रु एक छिनपछि विमानभित्र भरिभराउ र कोचिएर उड्दा कोरोना जमिनमा मात्र सर्ने हो र ? भन्ने आवाज उठ्नु स्वभाविकै हो ।

टिप्पणीहरू