जागेश्वरलाई फेरि प्रसूती तथा स्त्री रोगको जिम्मा

जागेश्वरलाई फेरि प्रसूती तथा स्त्री रोगको जिम्मा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताल,कोभिड युनिफाइड केन्द्रीय अस्पतालमा प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारीबाट डा.जागेश्वर गौतमलाई हटाएको छ । मन्त्रालयले केही बेरअघि राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा. गौतमलाई जिम्मेवारीबाट हटाएको स्वास्थ्य मन्त्रालय स्रोतले जनआस्थालाई जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहँदादेखि नै विवादमा पारिएका उनलाई गत जेठ १० गते वीर अस्पतालको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी दिइएको थियो । अस्पतालको भेन्टिलेटर खरिदको ठेक्का आफ्नै व्यावसायिक साझेदारलाई दिएको गौतममाथि आरोप छ ।

हिजोमात्र त्यहाँ कार्यरत एउटी नर्समाथि भएको कुटपिटमासमेत उनको संलग्नता रहेको आरोप लागेको थियो । हिजो बिरोध गर्दै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले गौतमलाई बैठक कक्षमै थुनेका थिए ।

त्यसपछि महानगरीय प्रहरी वृत्त, जनसेवा काठमाडौंका डिएसपी डिलबहादुर मल्लको टोलीले उनलाई एस्कर्टिङ गरेर अस्पताल बाहिर निकालेको हो । आज सरकारले उनलाई त्यहाँबाट थापाथलीस्थित प्रसूती तथा स्त्री रोग अस्पतालमा सरुवा गरेको छ ।

टिप्पणीहरू