भक्तपुर पुगे गगन थापा काङ्ग्रेस कर्मचारी भेला उदघाटन गर्न

भक्तपुर पुगे गगन थापा काङ्ग्रेस कर्मचारी भेला उदघाटन गर्न

नेपाली काङ्ग्रेसनिकट जनक स्वतन्त्र कर्मचारी संघको छैठौं अधिवेशन शुरु भएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीस्थित जनकशिक्षा सामाग्री केन्द्र लिमिटेडमा अधिवेशन शुरु भएको हो ।

‘श्रमको सम्मान गरौं,श्रम शक्ति नै राष्ट्र शक्ति हो’ भन्ने मूल नाराका साथ बिहान ११ बजे काँग्रेस युवा नेता गगन थापाले अधिवेशनको उद्घाटन गरेका हुन् । उक्त समारोहमा काँग्रेससम्बद्ध कर्मचारीहरुको बाक्लो उपस्थिति थियो ।

अधिवेशन दुई दिनसम्म चल्ने बताइएको छ ।

टिप्पणीहरू