हिजो एमाले बैठकमा,आज अदालत गएर माओवादीमा ?

हिजो एमाले बैठकमा,आज अदालत गएर माओवादीमा ?

माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका ४ नेताको रिट ५ नम्बर बेञ्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशमा चढेको छ । गत शुक्रवार आफू अनुकूल न्यायाधीशको इजलाश (डा.आनन्दमोहन भट्टराई) मा पेसी नतोकिएपछि उनीहरुले सुनुवाइ स्थगित गराएका थिए ।

प्रतिनिधिसभा विघटनपछि मन्त्री खान माओवादी छाडेर एमाले बनेका टोपबहादुर रायमाझी, लेखराज भट्ट,प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पनि गयो । आफूहरु खाँटी माओवादी भएको र माओवादीमै रहेको दावी गर्दै सांसद पदमा पुनर्वहालीको माग राखेर उनीहरू सर्वोच्चको ढोका ढक्ढकाउन पुगेका हुन् ।यसअघि उक्त रिट निवेदन न्यायाधीश दीपककुमार कार्कीको इजलासमा बिहीबारका लागि पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो । हिजो पनि एमाले स्थायी समिति बैठकमा भाग लिएका ती नेताले पुष्पकमल दाहाल प्रचण्ड, संघीय संसद् सचिवालय,निर्वाचन आयोगलगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन् ।

माओवादी संसदीय दलका नेता प्रचण्डले २०७७ चैत २४ गते संघीय संसद्का महासचिवलाई पत्र लेखेर दलबदलु ४ सांसदलाई पार्टीले कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएसँगै उनीहरुको सांसद पद गएको थियो ।

सर्वाेच्चले सांसद नभएको व्यक्ति मन्त्री हुन नपाउने फैसला सुनाएपछि उनीहरुको मन्त्री पद पनि गएको थियो । यता निर्वाचन आयोगले एमालेको रुपमा पनि नचिन्ने भएपछि अहिले उनीहरु घर न घाटको स्थितिमा छन् ।

टिप्पणीहरू