कर्णालीका माननीयको मुध्दामा प्रधानन्यायाधीश स्वयं कस्सिए

कर्णालीका माननीयको मुध्दामा प्रधानन्यायाधीश स्वयं कस्सिए

कर्णाली प्रदेशका चार माननीयलाई पदबहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुध्द परेको भ्याकेट निवेदनउपर प्रधानन्यायाधीशकै इजलासमा सुनुवाई शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको १ नम्बर इजलासमा मुध्दाको पेशी चढेको हो ।

फ्लोर क्रस गरेर माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिएको भन्दै एमालेको संस्थापन पक्षले माधव नेपालनिकट प्रकाश ज्वालासहितका चार जना सांसदलाई गरेको कारवाही सर्वोच्चले उल्टाइदिएपछि अध्यक्ष केपी ओली आफैँ भ्याकेट निवेदन लिएर अदालत जानुभएको थियो ।यसअघि डा.आनन्दमोहन भट्टराई,हरि फुयाल,बिश्वम्भर श्रेष्ठ र नहकुल सुवेदीको इजलासमा पेशी चढेर पछि स्थगित भएको भ्याकेटउपर आज सुनुवाई थालिएको हो ।

यसअघि अन्तरिम आदेश सुनाउँदै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले ओलीले गरेको कारवाहीलाई मान्यता दिन अस्वीकार गरेको थियो ।

ओलीले गठन गरेको महाधिवेशन आयोजक समितिलाई अवैध ठहर गर्दै सर्वोच्चले उक्त कमिटीले गरेको कारवाहीको निर्णय अवैधानिक हुने बताएको थियो ।

टिप्पणीहरू