आजदेखि फेरि एमालेको समानान्तर गतिविधि शुरु ?

आजदेखि फेरि एमालेको समानान्तर गतिविधि शुरु ?

नेकपा एमालेभित्रको अन्तरविरोध समाधानउन्मुख भएको बताउन थालिए तापनि समस्या पूर्णत: समाधान भैहालेको देखिन्न । सोही क्रममा सँस्थापन पक्षले सदस्यता नवीकरण र अधिवेशन शुरु गर्ने रणनीति अघि सारेको छ भने वरिष्ठ नेता माधवकुमार नेपाल खेमाबाट पनि ‘आजदेखि नयाँ स्टेप चालेर पुराना कमिटीहरूलाई सक्रिय बनाउन लाग्ने निर्णय भएको छ,’ स्रोतले भन्यो ।

नेपाल समूहको उच्च स्रोतका अनुसार अब ढिलाइ र भ्रमलाई ‘क्रस’ गर्ने हिसाबले सांगठानिक गतिविधि अघि बढाउने निर्णय हो । उक्त समूहले चैत ४-५ को देशव्यापी भेलापछि आफ्नो सांगठानिक गतिविधिमा केही ब्रेक लगाएका कारण अध्यक्ष केपी शर्मा ओली र उहाँ निकट समूहले एकलौटी पेल्न थालेको समेत ठहर गरेपछि हिजोको भेलाबाट चैतअघि झैं सांगठनिक गतिविधि अघि बढाउने निर्णय भएको छ ।

एमाले वार्ता कार्यदलका अधिकांश सदस्य भने नेपाल समूहको सांगठानिक विस्तारका गतिविधि रोकेरै भए पनि एकताको वातावरण बनाउन लागिपरेको स्रोतले बताएको छ । ‘नेता तथा कार्यकर्तालाई फुटमा जानबाट रोक्दै समानान्तर गतिविधिमा सामेल नहुन अनुरोध गर्ने काम भैरहेको,’स्रोतको दाबी छ ।

नेपालको भनाई उद्धृत गर्दै स्रोतले भनेको छ, ‘मलाई किन प्रस्ताव राख्नुहुन्छ ? पहिले केपीलाई राख्नुस् ! ’

संस्थापन पक्षलाई क्रस गरेर अघि बढ्ने वातावरण बनेको सन्दर्भमा नेता नेपालले आज सविस्तार बताउने उल्लेख गर्नुभएको छ ।

यसैबीच नयाँ प्रस्ताव अघि सार्दै अस्ति कोटेश्वर पुगेका कार्यदलका नेताहरूलाई उहाँले ‘पहिले केपी ओलीलाई मनाएर आउनुस्’ भनेर फर्काइदिनुभएको छ । नेपालको भनाई उद्धृत गर्दै स्रोतले भनेको छ, ‘मलाई किन प्रस्ताव राख्नुहुन्छ ? पहिले केपीलाई राख्नुस् ! ’

नेता नेपालको जवाफपछि हिजो बेलुकी कार्यदलका सदस्यहरूबीच छलफल भएको बुझिएको छ । त्यसपछि उहाँहरू अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको थियो । तर, बालकोटबाट प्राप्त जवाफ भने बाहिरिएको छैन ।

हिजै दिउँसो नेता नेपाललाई भेट्न पुग्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उहाँले ‘पार्टीभित्र कुरो भइरहेकाले आजै सरकारमा जाने कुरो नगरौं” भन्नुभएको थियो । त्यहि कुरो दाहालले माओवादी बैठकमा जानकारी गराउने क्रममा एक दुई दिनभित्र एमालेभित्रको समस्या टुंगिने र नेपाल समूह सरकारमा नजाने ब्रिफिङ गर्नुभएको हो ।

टिप्पणीहरू