नेवार वस्ती जोगाउन फास्ट ट्र्याक खारेज ?
जनसरोकार समिति खोकना र बुँगमतीले ललितपुरको खोकना हुँदै बिस्तार हुन थालेको काठमाण्डौँ-तराई/मधेश फास्ट ट्रयाक खारेजीको निम्ति ज्ञापनपत्र बुझाएका छन् । आज नेपाल सरकारकी उर्जा मन्त्री पम्फा भुषाललाई फास्ट ट्रयाकले नेवार हरुको मूल्य मान्यतासँग जोडिएको प्राचिन शहर खोकनामा क्षति पुग्ने बताउँदै ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्र बुझाउँदै जनसरोकार समिति खोकनाले फास्ट ट्रयाक, बाहिरी चक्रपथ,१ सय ३२ केभी हाइटेन्सन लाइन,१० हजार रोपनी स्मार्ट सिटी बनाउन रोक्का गरी राखेको जग्गा,अनावश्यक कित्ताकाट लगायतका बिषय उठाएका छन् ।
खोकनाका नेपाल डंगोल र बुगमतीका संयोजक अष्टबहादुर महर्जनको संयोजकत्वमा आज बुझाइएको पत्रमा द्रुत मार्गको विवाद सर्वोच्चमा विचाराधीन रहेको बताइएको छ । साथै,पुरातात्त्विक महत्वको वस्ती जोगाउन आइएलओ,युनेस्को र संयुक्त राष्ट्रसंघमा निवेदन दर्ता भई पहल हुँदै आएको उल्लेख गरिएको छ ।
टिप्पणीहरू