डा.जागेश्वर गौतममाथि नर्स कुटाएको आरोप

डा.जागेश्वर गौतममाथि नर्स कुटाएको आरोप

वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा कटौति हुँदै आएको विषयमा छलफल गर्ने क्रममा आज तनाव सिर्जना भएको छ । कोभिड भत्ता, सेवा विस्तार भत्ता,औषधी खरिद खर्च,रेडियोलोजी तथा प्याथलोजी हाजार्ड भत्ता कटौती हुँदै आएको बिषयलाई लिएर आज प्रमुख प्रशासकीय अधिकारी जागेश्वर गौतमसँग बैठक बस्ने क्रममा तनावको अवस्था सिर्जना भएको बताइएको छ ।

गौतमले म तपाईंहरुका माग पुरा गर्न सक्दिन,जे गर्न सक्नुहुन्छ गर्नुहोस् भन्ने जस्तो गैरजिम्मेवार प्रतिकृया दिएको र जनसेवाका प्रहरी लगाएर बैठक कक्षको ढोका तोडफोड गरी अस्पतालमा कार्यरत नर्सलाई घाइते बनाएको आरोप छ ।

नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष खुवराज आचार्यद्वारा जारी विज्ञप्तिमा आफ्नै कर्मचारीलाई कुट्ने,कुटाउने गौतम वीर अस्पतालबाट फिर्ता नभएसम्म तथा हातपातमा संलग्न प्रहरीले माफी नमाग्दासम्म कडा आन्दोलनमा उत्रने बताइएको छ ।

टिप्पणीहरू