कोरोना अझै खतरनाक,२४ घण्टामा १८ को गयो ज्यान

कोरोना अझै खतरनाक,२४ घण्टामा १८ को गयो ज्यान

कोरोना संक्रमणबाट गत २४ घण्टामा १८ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ जनाको मृत्यु पुष्टि गरेको हो ।

सोही अवधिमा २ हजार ५ सय ६८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ८ हजार ४ सय २ पीसीआर तथा ४ हजार २ सय ३४ जनामा एन्टिजेन गरी १२ हजार ६ सय ३६ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

त्यस्तै,पछिल्लो २४ घण्टामा २ हजार २० जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ३१ हजार २ सय ९८ जना सक्रिय संक्रमित छन् ।

टिप्पणीहरू