साहसी नेत्रीमाथि डरलाग्दो शोषण

बहुमुखी प्रतिभाकी धनी, कल्कलाउँदो उमेरमै जीवन र जगत्का धेरै महŒवपूर्ण अनुभव हासिल गरिसकेकी तर अचानक उनको मनस्थितिमा निकै ठूलो उतार–चढाव देखियो । सन् २०१६ डिसेम्बर १६ का दिन बिहान ७ बजेर ५९ मीनेट जाँदा अल्लाहभक्त हुँदै ‘पूर्णरूपेण दयावान्, विशेषतः दयावान त अल्लाह नै हुन्’ स्ट्याटस लेखिन् । डेढ महिनापछि फेब्रुअरी २ तारिख राति १० बजेर २० मीनेटमा अर्को पोष्ट गरिन्, ‘साहसी महिलालाई कसैले शोषण गर्न सक्दैन । बरु त्यसको प्रतिकार हुन्छ ।

समस्या कसरी समाधान गर्ने भन्ने कुरा व्यक्तिको क्षमतामा भर पर्छ र साहसी महिलाले सबै प्रतिकूलतालाई छिचोल्न सक्छन् ।’ उनले वालमा पोष्ट गरेका तस्बिर हेर्दा नेविसंघको झण्डा पछिल्तिर उभिएर ड्यासमा भाषण गरिरहेको पनि देखिन्छ । धादिङमा पत्रकार महासंघ शाखाका पूर्वसभापति सीताराम बर्माकी नातिनी, नेपाल विद्यार्थी संघमा मधेसीतर्फ (सिरहा) बाट महिलाको प्रतिनिधित्व गर्ने केन्द्रीय समिति सदस्य । अमेरिकी दूतावासको युवा सल्लाहकार परिषद्मा कार्यरत । विदेशमा साउथ वेष्टर्न स्टेट कलेज र नेपालमा माइतीघरस्थित सेन्ट जेभियर्स कलेज पढेकी । हाल दिल्लीको नोयडास्थित एमिटी विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातकोत्तर अध्ययनरत । नाम, अस्मिता बर्मा ।

यस्तो क्षमतावान युवतीले एक्कासि अघिल्लो साता लेखिन्, ‘अब मर्नुबाहेक विकल्प देखिनँ । ममाथि धेरै शोषण भयो ।’ बजिया अर्सद भन्ने मान्छेको नाम त्यो पोष्टमा उल्लेख छ । साथमा उनले प्रयोग गर्ने मोबाइल नम्बर ९८५११०७२८६ र ९८४७०३००९९ पनि राखिएको देखिन्छ । यिनले २० जनवरीको राति ११ः३१ मा लेखेकी थिइन्, ‘५ महिनादेखि नेविसंघ केन्द्रीय समितिको बैठकमा भाग लिन नपाउँदा दुःख लागेको छ ।’ आफू भारतमा अध्ययनरत रहेको जानकारी दिँदै संविधान कार्यान्वयनबारे चिन्ता पनि पोखेकी छन् । उनले उल्लेख गरेका नम्बर हेर्दा अघिल्लो मोहम्मद शाहजाद अर्सदको नाममा छ भने दोस्रो मोहम्मद बाजेद अर्सदको नाममा देखिन्छ । मरण रोज्ने पछिल्लो स्ट्याटस अहिले डिलिट गरिसकिएको छ । अर्थात् फेब्रुअरी ५ दिउँसोयता उनको फेसबुकमा नयाँ केही पोष्ट भएको छैन । के उनी जीवित छिन् ?

सबैलाई चिन्ता लाग्ने विषय हो यो । त्यसैले उनको यस्तो स्ट्याटस आएपछि तरुण दलकी केन्द्रीय सदस्य सविता सिलवालले कमेन्ट लेखिन्, ‘हिम्मत हार्नु हुँदैन । मलाई नै हेर न । सभासद् वीरबहादुर बलायरले हामी आमा–छोरालाई आजसम्म न्याय दिएको छैन । विवाह गरेर, छोरा जन्माएर बिजोग बनायो । १८ वर्ष भो । बरु मलाई न्याय दिलाउनतिर लाग्नुप¥यो । सबै महिला साथीहरू, मिडियासित सहयोग माग्ने बेला आयो । पुरुष जात चोर हुन्, आफ्नै पार्टीका सित धोका । के गर्नु बाँच्नुपर्दो रहेछ, छोराका लागि पनि !’ सम्भवतः उनी नेपाल टेलिकमकी कर्मचारी हुन् र कपिलवस्तुकै बासिन्दा, जहाँ उनले नाम उल्लेख गरेको अर्सद पनि बसोबास गर्छन् । अञ्जु पोखरेल नामकी अर्की मित्रले पनि त्यहाँ कमेन्ट गरेकी छन्, ‘तिमी नेत्री हौ र उदाहरण बनेर देखाऊ ! तिम्रो सुस्वास्थ्य र तिमीमाथि गुज्रिएको अवस्थालाई छिचोल्ने शक्तिको कामना छ ।’ अहिलेको चासो के पनि हो भने यो लाऊँ–लाऊँ, खाऊँ–खाऊँको उमेरमा उनी किन यस्तो अप्रिय कुरा लेख्न बाध्य भइन् ?

उक्त मुस्लिम धर्मावलम्बी युवासँग ३ वर्षदेखि उनी प्रेम सम्बन्धमा रहेको निकटस्थहरू बताउँछन् । परिवारका सदस्यमध्ये आमा र हजुरबुबा त्यो युवासँगको सम्बन्धबारे अनभिज्ञता जाहेर गर्छन् । तर, हाल दुबईमा रहेका ज्वाइँ कृष्ण पटेलसँग अस्मिताको सम्बन्ध राम्रो नरहेको भने स्विकार्छन् । उनलाई चिन्नेहरू भन्छन्, ‘अर्सद आफूले मात्र अस्मितामाथि यौन शोषण गरेनन् । बरु आफ्ना साथीहरूको यौन तृष्णासमेत मेटाइदिन बाध्य पार्थे ।’ उनलाई दवाबमा राख्न केही दिनअघि अस्मिताको वालमा अर्सदसहितको तस्बिर पनि पोष्ट भएको बताइन्छ । जसलाई अस्मिताकी आमासमेत स्विकार्दै भन्छिन्, ‘त्यही फोटोको कारण होला उनले त्यसरी विरक्तिएको कुरा लेखेको ।'

आमासँग शनिबार साँझ कुरा गरेकी छन् अस्मिताले । हजुरबुबाको फोन उठाउँदिनन् । बरु सोमबार बिहान पनि आफूसँग म्यासेञ्जरमा भ्वाइस च्याट भएको अर्सद स्विकार्छन् । आफू र अस्मिताबीच कुनै प्रकारको ‘शारीरिक सम्बन्ध’ नरहेको बताउने अर्सद अस्मिताले आवेशमा आएर कुनै अप्रिय निर्णय लिइन् भन्ने आफू पनि फस्ने कुरामा भने चिन्तित छन् । भन्छन्, ‘म पनि कांग्रेसकै राजनीति गर्ने मान्छे हुँ । सब कुरा बर्बाद भइहाल्छ नि !’ दुबईमा कमाएको पैसाले श्रीमतीलाई उच्च शिक्षा हासिल गर्न दिल्ली पठाएका कृष्णको के हाल होला ! ससुरालीपट्टि कसैलाई थाहा छैन न त चिन्ता नै छ । बरु, उनले दिएको पैसाले बनेको बैंक ब्यालेन्स सकिन थालेको र आफू दिल्लीस्थित एउटा दूतावासमै काम गर्ने सोचाइमा रहेको चाहिँ अस्मिताले आमालाई भनेकी रहिछन् । उमेरले भर्खर २३ वर्ष पुगेकी अस्मिताले धेरै गर्नु छ । उनको बहुप्रतिभाशाली क्षमताले मुलुकलाई अगाडि बढाउनु छ । यस्तो सचेत व्यक्तित्व कुनै चरम शोषणको शिकार नभई त्यत्तिकै आत्तिँदैन ।

आफ्नो मनोदशा सार्वजनिक गर्दैन । उनले अर्सदलाई शोषकको रूपमा किटान गरिसकेकी छन् । अब राज्यले अस्मितालाई न्याय देओस् । दाम्पत्य जीवनमा बाँधिएकी एउटी नारीलाई परिरहेको मानसिक यातनाबाट मुक्त दिलाउन हामी सबैले पहल गर्नुपर्छ । कोमल भावनामाथि खेलवाड गर्ने कुनै पनि अपराधी कानुनको कठघरामा उभिनुपर्छ । पीडितले न्याय पाउनुपर्छ । सविताले पनि न्यायको याचना गरेकी छन् । उनलाई शोषण गर्ने, अन्यायमा पार्ने सभासद्लाई पनि कारबाही होस् भन्ने माग सबै महिला र सञ्चारकर्मीले एकसाथ उठाउनुपर्छ ।

– सीताराम भट्टराई

टिप्पणीहरू