जर्नेलहरू बिदाइ भोजमा जुट्दै

नेपालमा आफ्नो चुनौतीपूर्ण कार्यकाल सकेर घर जान लागेका भारतीय राजदूत रञ्जित रेलाई नेपाली सेनाले प्रधानसेनापति निवास शशि भवनमा आज रात्रिभोज आयोजना गरेर बिदाई सम्मान दिँदै छ । उनी अर्को साता अवकाशपूर्ण अविवाहित जीवन बिताउन दिल्ली फर्कंदै छन् । यसैबीच, गत साता भएको प्रहरी प्रमुख बढुवामा वरीयता मिचिएको विवादकै बीच कांग्रेस सभापति शेरबहादुर देउवाको कदमलाई भारतीय सेनापति नियुक्तिमा नरेन्द्र मोदीले गरेको हस्तक्षेपकारी कदमसँग तुलना गर्नेहरूको पनि कमी छैन ।

गोर्खा पल्टनबाट उठ्दै आएका दलवीर सिंहले १६ पुसमा अवकाश पाएपछि २६औं सेनापतिको रूपमा तेस्रो वरीयताका बिपिन राउतलाई त्यहाँको सैनिक नेतृत्व सुम्पिएको छ । त्यसो गर्दा वरिष्ठ लेफ्टिनेन्ट जर्नेल प्रवीण बक्सी र पिएम हरिश पाखा लगाइएका थिए । पालोमा रहेर पनि अवसर नदिइएका बक्सीले अब रक्षामन्त्री मनोहर पारिकरलाई युद्ध र आणविक मुद्दासम्बन्धी रिपोर्टिङ गर्ने सीमित जिम्मेवारी पाएका छन् । २६औं सेनापतिसम्म आइपुग्दा त्यहाँ यसअघि २ पटक मात्र वरीयता मिच्ने काम भएको थियो । एउटा सन् १९५७ मा केएस थिमैयालाई बनाउँदा र दोस्रो पटक सन् १९८३ मा शिख विद्रोह दबाउन एसके सिन्हालाई पाखा लगाएर इन्दिरा गान्धीले एएस बैद्यलाई अघि सार्दा ।

टिप्पणीहरू