आज जिल्ला र उच्चका न्यायाधीशको व्यापक सरुवा हुने

आज जिल्ला र उच्चका न्यायाधीशको व्यापक सरुवा हुने

जिल्ला र उच्च अदालतका न्यायाधीशको व्यापक सरुवा तयारी भइरहेको छ । सरुवाको लागि दिउँसो न्यायपरिषद बैठक बस्दै छ । परिषद श्रोतका अनुसार संभवत: आजै सरुवा निर्णय हुने छ ।

परिषद ऐनअनुसार सामान्यतया दुई दुई वर्षमा न्यायाधीश सरुवाको व्यवस्था छ । लकडाउनका कारण सरुवा समय घर्किसकेको छ । सरुवामा छलफलको लागि प्रधानन्यायाधीश चोलेन्दसमशेर जबराले कानुनमन्त्रीसहित सबै पदाधिकारीलाई बैठकमा उपस्थितिका लागि सचिवालयलाई खवर गर्न अह्राएका छन् ।

सरुवाको हल्ला चलेपछि मोफसलका जिल्ला र उच्चका केही न्यायाधीश पायक पर्ने अदालतमा सरुवा माग्न काठमाडौं आएका छन् । परिषदले आन्तरिक गृहकार्य गरी सरुवा हुने न्यायाधीशको लिस्ट तय गरिसकेको स्रोतले जनाएको छ ।

टिप्पणीहरू