खोप केन्द्रमा स्वास्थ्यकर्मीमाथि मुक्का प्रहार

खोप केन्द्रमा स्वास्थ्यकर्मीमाथि मुक्का प्रहार

हिजो बिहान टोखास्थित ग्राण्डी अस्पताल खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीमाथि केही उच्छृंखल व्यक्तिले सांघातिक आक्रमण गरेका छन् । सरकारले खोप लगाउन तोकेको उमेर समूहमा नपरेका रामकाजी थापालगायतका व्यक्तिले त्यस्तो काम गरेको बताइन्छ ।

महामारीमा खटिएका स्वास्थ्यकर्मीमाथि गरिएको अमानवीय व्यवहारको घोर भर्त्सना गर्दै टोखा नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी र स्वास्थ्य कर्मचारीले कार्वाहीको माग गरेका छन् ।

उनीहरुले यस्तो अमानवीय घटना पटक पटक हुने गरेको तर सम्बन्धित निकायबाट कुनै सुनुवाई नभएको समेत बताएका छन् ।उनीहरूले भनेका छन्,‘यस्ता घटनाले सबैको मनोबल खस्काउने भएकाले सरोकारवाला सबै निकायको ध्यानाकर्षण गराउँछौं ।’

विभिन्न इकाइसँग सम्बन्धित १३ जना कर्मचारीले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा यस्ता घटनाबाट हतोत्साही नभई विषम परिस्थितिमा निरन्तर सेवा प्रवाहमा जुट्न सम्पूर्ण स्वास्थ्यकर्मीलाई अपिल समेत गरिएको छ ।

टिप्पणीहरू