प्रमाण आफैं बोल्छ यसरी

के पहुँच छ भन्दैमा दिउँसै रात पार्न मिल्छ ? सत्य छोपेर दुनियाँमा कसैले आफ्ना कुकर्म लुकाउन सकेको छ ? छैन भन्ने हो भने झण्डै ३४ किलो सुन तस्करीमा मतियार भएको आरोपमा प्रहरी प्रधान कार्यालयबाट एसएसपीसमेत पक्राउ परेर सिआईबीको हिरासतमा पुगिसक्दा अर्थमन्त्रीको विश्वासपात्रका रुपमा परिचित भन्सार अधिकृत गुणराज भण्डारीचाहिँ किन पुरस्कृत हुँदैछन् ?

तथ्यले सिधै भन्छ, सुन तस्करी भएको दिन ड्युटीमा उनी पनि थिए तर उनको नाम भने शंकाको घेराबाट समेत सुनियोजित ढंगले बाहिर राखिएको छ । त्यति मात्र होइन उनलाई चोख्याउन त्यहाँबाट राजश्व अनुसन्धान विभागमा रातारात सरुवा गरिसकिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुस ११ गतेदेखि २५ गतेसम्मको ड्युटी रोष्टरमा गुणराजको नाम सबैतिर छ । १५ गतेसम्मको चार्टमा गुणराजको ड्युटी दिउँसोको छ भने १६ देखि २० गतेसम्म बिहानको सिफ्टमा देखिन्छ । अनि २१ गतेदेखि २५ गतेसम्म ड्युटी बेलुकाको थियो । यही समय हो, सुन भित्रिएको । अब कसले भन्न सक्छ कि २१ देखि २५ बीच ड्युटी परेकाहरु सुन काण्डमा छानबिनको दायरामा पर्दैनन् ? के ड्युटी चार्टलाई को–को त्यसबेला त्यहाँ मौजुद थिए भन्ने प्रमाण मान्न मिल्दैन ? मिल्छ भने एक–एकको छानबिन होस् । कुनै निर्दोष कारबाहीको भागिदार नबनोस् । कुनै दोषीले माओवादी भएकै नाममा उन्मुक्ति नपाओस् ।

– उत्तम राजलवट

टिप्पणीहरू