होटलमा खोप भेटिएपछि नगरपालिका कार्यालयमा तालाबन्दी

होटलमा खोप भेटिएपछि नगरपालिका कार्यालयमा तालाबन्दी

बिर्तामोड नगरपालिकाले कोभिड विरुध्दको खोपमा अनियमितता गरेको भन्दै नगरपालिकामा तालाबन्दी गरिएको छ । स्थानीय सरोकारवाला,नेविसंघ र अखिल (क्रान्तिकारी) झापाले संयुक्त रुपमा नगरपालिका कार्यालयको मूल गेटमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।

नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्काले खोप होटलमा लुकाएर अनियमितता गर्न खोजेको स्थानीय र विद्यार्थी संगठनको आरोप छ । उनीहरुले खड्कालाई कारवाहीको माग गर्दै तालाबन्दी गरेको बताएका छन् ।

खड्कालाई भेरोसिल खोपसहित बिर्तामोडको होटलबाट हिजो प्रहरीले पक्राउ गरेको थियो । खोप लुकाएको सूचना पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनीमाथि खोपका लागि लाइन बसेका सर्वसाधारणलाई त्यसै फर्काएर २ सय डोज खोप होटलमा लुकाएको आरोप लागेको छ ।

आन्दोलनकारीले घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरेका छन् ।

टिप्पणीहरू