समाजवादी निर्माण श्रमिक संघको बैठक

समाजवादी निर्माण श्रमिक संघको बैठक

निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएलगत्तै संगठन विस्तार र सुदृढिकरण अभियान शुरु गरेको जसपाले भातृ संगठनहरुको बैठक र भेला बोलाउन थालेको छ ।

आज जसपानिकट समाजवादी निर्माण श्रमिक संघ केन्द्रीय कमिटीको दोस्रो बैठक बोलाइएको छ । बैठक बालकुमारीस्थित समाजवादी ट्रेड युनियन महासंघको कार्यालयमा बसिरहेको छ ।

संघका अध्यक्ष कुमार सुनुवारको अध्यक्षतामा बसेको बैठकमा समाजवादी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष लालध्वज नेवाङ प्रमुख अतिथिका रुपमा सहभागी छन् ।

टिप्पणीहरू