संसदीय दलको नेता छान्दै जसपा

संसदीय दलको नेता छान्दै जसपा

जनता समाजवादी पार्टी (जसपा)का सांसदहरु संसदीय दलको नेता छान्न जुटेका छन् । नेता चयन गर्न सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा सांसदहरुको बैठक शुरु भएको छ ।

निर्वाचन आयोगबाट दलको आधिकारिकता पाएपछि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आज दलको नेता छान्ने निर्णय गरेको थियो । तीन दिनसम्म चलेको बैठकले दलको विधान संशोधन गर्दै सकेसम्म सहमतिमा नभए निर्वाचनमार्फत नेता छान्ने निर्णय गरेको थियो ।

दलको नेतामा अहिलेसम्म कसैको दावेदारी प्रस्तुत नभएकाले अध्यक्ष उपेन्द्र यादव नै सर्वसम्मत हुने सम्भावना देखिएको छ ।तत्कालीन संघीय समाजवादी पार्टी र राजपाबीच एकतापछि संसदीय दलको विधान बन्न नसक्दा जसपामा दलको नेता चयन हुन सकेको थिएन । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि विधान संशोधन गरी नेता चयन प्रक्रिया शुरु गरिएको हो ।

बैठकमा अध्यक्ष यादव,संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई, वरिष्ठ नेताद्वय अशोक राई र राजेन्द्र श्रेष्ठ,नेताहरु महेन्द्र राय यादव, मोहम्मद इस्तियाक राइन ,प्रदिप यादव,सुशीला श्रेष्ठ,नवराज सुवेदीलगायत २५ जना सहभागी छन् ।

टिप्पणीहरू