ओलीले माधवलाई ठाउँ छैन भनेकै बेला माधवद्वारा अखिल फोर्स गठन

ओलीले माधवलाई ठाउँ छैन भनेकै बेला माधवद्वारा अखिल फोर्स गठन

अहिले भर्खर नयाँ सरेको एमाले कार्यालय छेउ बबरमहल हाइटस्थित कार्की पार्टी प्यालेसमा नेकपा एमालेका माधवकुमार नेपाल पक्षधर बिध्यार्थीहरुको भेला शुरु भएको छ । अनेरास्ववियु केन्द्रीय कमिटीद्वरा अायाेजित उक्त भेलाले अखिल फाेर्सकाे घाेषणा गर्ने कार्यक्रम छ ।

भेलामा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, अखिल फाेर्सका अध्यक्ष तपेन्द्र शाही,अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली,महासचिव अारती लामालगायतकाे उपस्थिति रहेको छ ।यसअघि उक्त उपत्यका भेलामा जानको लागि बाइक र्‍याली भृकुटीमण्डप,भद्रकाली,शहिदगेट,सिभिल मल,त्रिपुरेश्वरचोक,थापाथलीचोक,माइतीघर भएर अघि बढेको थियो ।
र्‍यालीमा :

– नेकपा एमाले जिन्दावाद,
– पार्टी एकताविरोधी कहाँ छ ? अखिल फोर्स यहाँ छ !
– पार्टी एकता जिन्दावाद ,MCC खारेज गर जस्ता नारा लागेका थिए ।

टिप्पणीहरू