नेपाल भारत आर्थिक सम्बन्ध बढाइने,पर्यटक सर्किटको समेत प्रवर्धन गरिने

नेपाल भारत आर्थिक सम्बन्ध बढाइने,पर्यटक सर्किटको समेत प्रवर्धन गरिने

काठमाडौंस्थित भारतीय दूतावास र नेपाल–भारत चेम्बर अफ कमर्शबीच दुई देशको आर्थिक सम्बन्ध सुदृढिकरण गर्नेबारे छलफल भएको छ ।

हिजो भएको बैठकमा पर्यटक सर्किट (बौद्ध,रामायण,महाभारत, सिख र शिवशक्ति) को प्रवर्धन, नेपालमा भारतीय लगानी आकर्षित गर्ने विशेष गरी उदीयमान क्षेत्रहरु र निर्माण तथा कृषि क्षेत्रहरुमा व्यापारका अवसरहरुवारे छलफल भएको बताइन्छ ।

यस्तै उदीयमान उद्यमीहरुलाई प्रवर्धन गर्न नेपाल–भारत पार्टनरसिप समिट, वित्तीय क्षेत्र शिखर सम्मेलन र नेपाल–भारत इनोभेशन सेन्टर स्थापनाका विषयहरुमा विस्तृत रुपमा छलफल भएको बताइन्छ ।

बैठकमा दुई देशबीच रेलवे क्षेत्रमा भएको प्रगतिबारे पनि छलफल भएको बताइन्छ ।

टिप्पणीहरू