एनआरएनको निर्वाचनमा धाँधली,चुनाव जापानमा,भोटर भारतमा

एनआरएनको निर्वाचनमा धाँधली,चुनाव जापानमा,भोटर भारतमा

गैरआवासीय नेपालीहरूको संगठन एनआरएनए जापानको दशौँ अधिवेशनको निर्वाचनमा प्रविधिको चरम दुरुपयोग गरिएको छ । अटोमेटिक कम्प्युटर सेटिङबाट धाँधली गरिएको आरोप लगाउँदै विश्वासिलो आईटी विज्ञसमेत राखी छानबिनपश्चात् यथार्थ बाहिर ल्याउन माग गरिएपछि उक्त रहस्य बाहिरिएको हो ।

३ हजार ६ सय १५ नक्कली भोट हालिएको प्रारम्भिक अध्ययनबाट देखिएको बताइन्छ । ओलम्पिक चलिरहेको बेला हिजो शुक्रवार जापानी समयअनुसार बिहान १० बजेदेखि साँझ ८ बजेसम्म भएको निर्वाचनमा मतदानको दुरुपयोग गरिएको हो । एउटै कम्युटरबाट ६ सय ८३ भन्दा बढी भोट हालेको र जापानमा बसोबास गर्ने नेपालीले गर्नुपर्ने मतदान अन्य देशबाट समेत भएको देखिएको छ ।

जनआस्थालाई प्राप्त विवरणअनुसार जापानमा भएको र जापानस्थित मतदाताले गरेको भनिएको मतदानमा भारतको उडिसाबाट ४ सय २ भोट, काठमाडौंबाट २ सय ६३ भोट, पोखराबाट ११ भोट हालेको देखिन्छ ।

कम्प्युटरमा नक्कली सिस्टम जडान गरेर मतदाताको मतलाई रद्ध गरी आफू अनुकूल परिणाम ल्याउन प्रविधिको दुरुपयोग गरेको देखिएको छ । मतदानमा प्रयोग भएको कम्प्युटरको आईपी नम्बर चेक गर्दा एउटै कम्युटरबाट १० देखि ६ सय ८३ भोटसम्म हालेको पाइयो ।

यसैगरी जापानको फुकुओका शहरबाट १ हजार १८, ओसाकाबाट ४ सय ८८, आइचीबाट १ सय ११, चिबाबाट ३४,टोकियोबाट १ हजार ५४ गरी कूल ३ हजार ६ सय १५ भोट कम्प्युटरमा सेटिङ मिलाएर हालिएको प्रमाण समेत फेला परेपछि जापानमा भएको एनआरएनएको अधिवेशन चर्को विवादमा तानिएको छ ।

निर्वाचन समितिले पहिल्यै विवादमा आएको १ हजार ७ सय भोटको पुनः परीक्षण पनि नगरिएको र जुलाई ३० मा मतदाताहरूलाई मतदानको निम्ति पठाउनुपर्ने मेसेजमध्ये १ हजार १ सय जनालाई मेसेज समेत नपठाएको पाइएको छ । यी सबै कार्यले जापानमा भएको एनआरएनएको निर्वाचनमा आयोजक पक्षले खराब नियत राखी पूर्वयोजनाअनुसार प्रविधिको दुरुपयोग गरेको जापानबाट प्राप्त जानकारीमा उल्लेख छ ।

निर्वाचनमा भएको धाँधलीविरुद्ध ३० जना आईसीसी सदस्य तथा विभिन्न पदका उम्मेदवारहरूले सामूहिक रुपमा पेश गरेको उजुरीमा स्वस्थ प्रतिस्पर्धा हुन नदिई एनआरएनए जापानमा पहिलेदेखि मौलाएको आर्थिक हिनामिना,अपचलन,भ्रस्टाचार र अपारदर्शीता निरन्तरताको निम्ति षड्यन्त्रपूर्ण निर्वाचनको परिणामविधि निकालिएको आरोप छ। पूर्णरुपमा नियोजित, गैरकानुनी, ढाँट र छलपूर्वक गरिएको निर्वाचन र अध्यक्षमण्डलबाट हिजो भएको निर्वाचनको सम्पूर्ण प्रक्रियाको विश्वासिलो छानबिन गर्न माग गरिएको छ ।

निवेदनमा नियोजित कथित निर्वाचन एउटा धोका भएको र बिहारीशैलीमा गरिको मजाक बाहेक अरु केहि नभएको उल्लेख छ । आइसीसी सदस्य डा.बलराम श्रेष्ठ,रामहरि पुडासैनी,अध्यक्षका उम्मेदवार अनिता गुरुङ,अर्का अध्यक्ष उम्मेदवार दिनेशकुमार बस्नेत,किरण बर्मा,सरोज खत्रीलगायत ३० जनाले हालेको उजुरीसँगै अवैध तरिकाले आयोजित मतदान प्रक्रिया र परिणामवारे सप्रमाण उल्लेख छ । निवेदनसँगै प्रारम्भिक प्रतिवेदन,३ हजार ६ सय १५ भोटको आइपी नम्बर, त्यसको कम्प्युटर डिटेलको १६ पेजसमेत संलग्न गरिएको देखिएको छ ।

उजुरीकर्ताले निर्वाचन समितिका डा.नेत्र भण्डारी,अनुगमन समितिका संयोजक एवम् एनआरएनएका पूर्वअध्यक्ष भवन भट्ट,आईसीसी एनआरएनएका कोषाध्यक्ष महेश श्रेष्ठलगायत विभिन्न जिम्मेवारीमा रहेका १३ जनालाई निर्वाचनमा भएको धाँधली र अनियमितताको बारेमा बोधार्थ दिएको छ ।

https://drive.google.com/file/d/1M_noexcapxGJ_vg12Bsx7PyTqUyKYODS/view?usp=sharing

टिप्पणीहरू