खोप केन्द्रमा हाहाकार,होटलमा भ्याक्सिन फालाफाल

खोप केन्द्रमा हाहाकार,होटलमा भ्याक्सिन फालाफाल

कोरोनाविरुद्धको खोप लगाउन नपाएपछि सरकारले तोकेको खोप केन्द्रमा सर्वसाधारणको हाहाकार छ । तर,झापाको एउटा होटलमा २ सय डोज खोप लुकाइराखेको अवस्थामा फेला परेको छ ।

होटेलमा लुकाइछिपाई खोप राखेको अवस्थामा नेविसंघ र वाईसीएलका कार्यकर्ताले एक जनालाई सप्रमाण समातेका छन् । बिर्तामोडस्थित टाइमलेस मुमेन्ट होटलमा २ सय मात्रा खोपको काटुर्नसहित ओम खड्कालाई हिजो साँझ समातिएको हो ।

नेविसंघका झापा सभापति राजेन्द्र उप्रेती,सचिव पोषराज कटुवाल, वाईसीएल विर्तामोड नगर संयोजक माधव झालगायतले सञ्चारकर्मीहरुको उपस्थितिमा खोप र फोकल पर्सन खड्कालाई प्रहरीको जिम्मा लगाएका हुन् ।

यस्तै उनीहरुले महामारीमा सरकारले निःशुल्क लगाउन बाँडेको खोप गलत प्रयोजनको निम्ति होटलमा पुर्याइएकोमा सम्बन्धित सबैलाई कडाभन्दा कडा कारबाही गर्न समेत माग गरेका छन् ।

टिप्पणीहरू