सांसद खोज्दै माओवादीहरू होटल होटलमा

सांसद खोज्दै माओवादीहरू होटल होटलमा

लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी वली हराएपछि माओवादी नेताहरूले होटल–होटलको निगरानी गर्न थालेका छन् ।

माओवादी नेताहरूको एक हुल एकाबिहानै वली निवास तुल्सीपुर पुगेपनि खाली हात फर्किए । सांसद विमला तुल्सीपुरमा छैनन्। आफन्तले उनी उपचारका लागि नेपालगञ्ज गएको बताएता पनि माओवादी स्रोतका अनुसार बुटवल मुख्यमन्त्री कार्यालयमै छिन् ।

शनिबार बिहान एक्कासी उनी नेताहरूको सम्पर्क बाहिर रहेको सूचना आएपछि माओवादीहरू बुटवलका होटल–होटल दौडिरहेका छन् । तर विमला कतै भेटिइनन्,बल्ल तल्ल माओवादीमा प्रवेश गरेकी सांसद मुख्यमन्त्री पद मुखमै आउन लाग्दा हराएपछि माओवादी नेताहरू एमालेको कलाकौशलदेखि हैरान भएका छन् ।

संसदीय संकटका बेला एमाले सांसदहरू थुनिने होटलमा बिहानैदेखि माओवादीहरू विभिन्न भेषमा डुलिरहँदा समेत दंगाली ‘भाउजू कमरेड’ भेटिइनन्। माअ‍ेवादी र कांग्रेसहरूले मुख्यमन्त्रीको दौडमा रहेका कुलप्रसाद केसीसँग गहन छलफल गरिरहेका छन् ।

मुख्यमन्त्रीले नै सांसद अपहरण गरेको उनीहरूको आरोप छ। यता एमालेहरूको निगरानीमा रहेकी विमला भने आफू एमाले नै भएको बताउँछिन्।

टिप्पणीहरू