पानीमै प्राण

चीनमा यस्तो एउटा गाउँ छ, जुन समुद्रको पानीमा छ । पानीमा तैरिरहेको विश्वको एकमात्र गाउँका बासिन्दा टाँका जातिका माझी हुन् । आजभन्दा ७०० वर्षअघि बसालिएको यो गाउँ फुजियान प्रान्तको दक्षिणपूर्वमा अवस्थित निंगडे नगरनजिक समुद्रमा छ । ७०० वर्षअघि चीनमा ताङ वंशको शासन थियो । त्यसबेला युद्धबाट बच्न टाँकाहरूले समुद्रमा बस्ती बसालेका थिए । चीनमा कम्युनिष्ट शासन स्थापना भएपछि बल्ल यी जनजातिका मानिस किनारमा आउन थालेका हुन् । ७००० को जनसंख्यामा रहेका यिनीहरू नौकारुपी घरमा बस्छन् र त्यतै बिहेबारी गर्छन् ।

टिप्पणीहरू