नेपालको संसदीय व्यवस्था थप बदनाम, दिनदिनै आयाराम-गयाराम

नेपालको संसदीय व्यवस्था थप बदनाम, दिनदिनै आयाराम-गयाराम

लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी वली माओवादी केन्द्रको सम्पर्कबाहिर रहेपछि गठबन्धन (कांग्रेस,माओवादी, जसपा) मा तनाव सिर्जना भएको छ।

शुक्रबार दिउँसोदेखि माओवादी नेताहरूको सम्पर्कमा नरहेकी वली नेकपा एमालेमै फर्किएको आशंका गरिएको छ।

सोमबार उपचारका लागि चितवन गएकी उनी हिजो (शुक्रवार) देखि माओवादी केन्द्रको सम्पर्कमा छैनन्।

‘उहाँ हाम्रो पार्टीको फोन सम्पर्कमा हुनुहुन्न । मलाई प्रहरी स्राेतले बताएअनुसार वलीजी एमाले नेताहरू सँगै हुनुहुन्छ’, माओवादीका एक लुम्बिनी प्रदेश सांसदले भने,‘माओवादी नेताहरूले बारम्बार फोन गर्दा पनि उठ्दैन । उहाँ पुनः गैसक्नुभयो। अब आशै नगरौं ।’

स्रोतका अनुसार सांसद वली आज बिहान मात्रै बुटवल पुगेकी छन् । उनी आफ्नी बहिनी र ज्वाइँसँगै बसिरहेको बताइएको छ। माओवादी केन्द्र छाडेर एमाले फर्किए पनि उनले औपचारिक रुपमा भने जानकारी दिएकी छैनन् ।

वलीले दुईमहिनाअघि एमाले छाडेर माओवादी प्रवेश गरेको प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई पत्र लेखी जानकारी गराएकी थिइन्।

उनले पत्रमा २०७६ मंसिर १४ गते सम्पन्न उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सभा निर्वाचित भएकोमा सर्वाेच्च अदालतको २०७६ फागुन २३ गतेको फैसलाबाट नेकपा पार्टी नरहेकोले माओवादी दलको क्रियाशील सदस्य रहन इच्छुक रहेको उल्लेख गर्दै पार्टी सदस्यता पाउँ भनी निवेदन दिएकी थिइन्।

टिप्पणीहरू