मध्यराती फेरि पुरानै युवराज (शाहज्यादा) पारश मापसे गरेर सडकमा प्रकट

मध्यराती फेरि पुरानै युवराज (शाहज्यादा) पारश मापसे गरेर सडकमा प्रकट

पूर्वयुवराजधिराज पारश शाहलाई हेल्मेट नलगाई नशालु हालतमा असुरक्षित तवरले मोटरसाइकल कुदाएपछि आज साँझ प्रहरीले समातेको छ । काठमाडौं महाराजगञ्जको चक्रपथ चोकमा हेल्मेटबिना हार्ले ड्याभिड्सनको मोटरसाइकल कुदाएका उनी सद्दे हालतमा समेत देखिएका छैनन् ।

प्रहरीका अनुसार उनले ड्रग्स नखाए पनि सद्दे अवस्थामा नरहेको र राम्रोसँग उभिन र बोल्न समेत नसकेको भिडियोमा देखिन्छ । प्रहरीको फन्दामा परेपछि प्रहरीले हात समातेर घर जान अनुरोध गर्दा उल्टै जाइलागेर जान्नँ भन्दै नाकतिर औंला तेर्स्याएर अड्डी कसेका थिए ।

आफूले कहिल्यै हेल्मेट नलगाउने जिद्दी गरेका पारस आज पनि लामै कपालमा प्रहरीसँग दोहोरो सवाल जवाफमा उत्रेका हुन् । उनले भनेका छन्, ‘म कहिल्यै हेल्मेट लगाउँदिन ।’

पछि जम्मा भएका केही मोटरसाइकलवालाले पारसलाई ‘सरकार’ भन्दै बाइक चढाएर बिना हेल्मेट निर्मल निवास पठाएको छ ।

टिप्पणीहरू