जताततै लागूऔषधको कारोबार, नवलपरासीमा एक झोला बरामद

जताततै लागूऔषधको कारोबार, नवलपरासीमा एक झोला बरामद

नवलपरासी (पूर्व) मा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

कावासोती नगरपालिका–२ फलफूलचोकबाट ५५ एम्पुल नुफिन, ५५ एम्पुल फेनारगन, ५५ एम्पुल डाइजेपामसहित कास्कीको लेखनाथ नगरपालिका–३३ बस्ने १९ वर्षीय विश्वास रानाभाटलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरी टोलीले लु.१ ख ६८१४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार विश्वासले बोकेको झोला भित्रबाट उक्त परिमाणमको लागूऔषध फेला परेको हो ।

टिप्पणीहरू