विप्लवका बिध्यार्थीको व्यापक विरोध

विप्लवका बिध्यार्थीको व्यापक विरोध

नेकपा माओवादी विप्लव निकट अखिल (क्रान्तिकारी) ले आज माइतीघरमा प्रदर्शन गरेको छ । स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षामा भइरहेको विकृतिविरुद्ध दबाबमूलक प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा नागरिकलाई पूर्ण खोपको व्यवस्था गर,अवैध रुपमा विराट मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया बन्द गर,संविधानले मौलिक अधिकार करार गरेको स्वास्थ्य क्षेत्रको व्यापार बन्द गर,संविधानले मौलिक अधिकार करार गरेको स्वास्थ्य क्षेत्रको व्यापार बन्द गर, निजी क्षेत्रलाई मनोमानी ढङ्गले प्रदान गर्न लागिएको सम्बन्धन प्रक्रिया बन्द गर,प्राविधिक शिक्षाका तमाम विकृतिहरूको भण्डाफोर गरौं, अखिल क्रान्तिकारी जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, व्यक्ति बदल्ने चुनावमा होइन व्यवस्था बदल्ने जनमतसंग्रहमा जाऔं जस्ता नाराहरू लगाइएको छ ।

केन्द्रीय महासचिव प्रकाश शाही,क्याम्पस जिल्ला समिति अध्यक्ष तारा सञ्जेल,सिटिईभिटीका संयोजक मिलन राई,उपत्यका अध्यक्ष गोविन्द विष्टलगायतको उपस्थितिमा विभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

टिप्पणीहरू