प्रधानमन्त्री देउवालाई पाकिस्तानी गलैंचा उपहार

प्रधानमन्त्री देउवालाई पाकिस्तानी गलैंचा उपहार

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदरले आज शिष्टाचार भेट गर्नुभएको छ । राजदूत हैदरले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गर्नुभएको हो ।

भेटमा उहाँहरुबीच नेपाल र पाकिस्तानबीच रहँदै आएको साझा चासो र द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।

त्यसबखत प्रधानमन्त्री देउवा र राजदूत हैदर दुबैले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने बारेमा समेत विचार विमर्श गर्नुभएको छ ।

नेपाल र पाकिस्तानवीच टुटेको सीधा हवाई उडान सुचारु गर्नेवारे इस्लामावादस्थित नेपाली राजदूत तापस अधिकारीले कुराकानी अघि बढाउनुभएको छ ।

टिप्पणीहरू