कोरोना संक्रमित बढे, आज निधन हुनेको संख्या २७

कोरोना संक्रमित बढे, आज निधन हुनेको संख्या २७

पछिल्लो २४ घन्टामा कोरोनाबाट २७ जनाको ज्यान गएको छ भने ३ हजार ६ सय ११ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७ सय ८३ पीसीआर तथा ४ हजार ८ सय ७८ जनामा एन्टिजेन गरी १४ हजार ६ सय ६१ जनामा परीक्षण गरिएको थियो ।

त्यस्तै आज १ हजार ८ सय १६ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ३१ हजार १४ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू