करोडौं माग्ने त कति कति !

०१६ सालमै खाद्य, कृषि तथा सिञ्चाई मन्त्रीको हैसियतमा गणेशमानसिंहले उद्घाटन गरेको कमला–बाग्मति सिञ्चाई आयोजना अहिलेसम्म पूरा हुन पाएको छैन । यस्तो देशका बासिन्दा हामी । अनि, यहाँ बाटोको निम्ति भनेर आठ लाखको दरले बजेट छुट्टयाइएको योजनामात्र २३ सय वटा छ । चार लाख २० हजारका दरले छुट्टयाइएका खानेपानी आयोजना १८ सय वटा छन् ।

के यति रकमले बाटो बन्छ ? खानेपानी उपलब्ध हुन्छ ? लाटोलाई पनि थाहा छ, असम्भव ! तर, पनि मान्छेहरु आफ्नो ठाउँमा कनिकासरि भए पनि बजेट लैजान किन मरिहत्ते गर्छन् ? कारण हो, भागशान्ति जयनेपाल ! काम बनोस्, नबनोस्, आफूले ल्याएको योजनाबाट टोल छिमेकमा नाक फुलाउन पाइयोस् । यस्तै–यस्तै खुद्रे मसिना कामको निम्ति बजेट बाहिर दुई सय १५ अर्ब निकासा नभई भएन भनी अर्थ मन्त्रालयमा निवेदनको चाङ छ । राष्ट्रपतिको निम्ति गाडी किन्न सेनाले पोहोर नै चार करोड ३० लाखको स्वीकृति पाइसकेकोमा अहिले फेरि लागत बढाएर तेब्बर बनाउन खोजिएको छ । अख्तियारले पनि गाडी नै मागेको छ ।

टिप्पणीहरू