राजधानीको मूलसडक भासिएको हप्ता दिन नाघ्यो : वडाध्यक्ष भन्छन्, ‘पानी नपरे भोलिबाट काम थाल्छौँ’ « Jana Aastha News Online
Logo
४ माघ २०७८, मंगलवार
|  Tue Jan 18 2022

राजधानीको मूलसडक भासिएको हप्ता दिन नाघ्यो : वडाध्यक्ष भन्छन्, ‘पानी नपरे भोलिबाट काम थाल्छौँ’

प्रकाशित मिति :  १६ श्रावण २०७८, शनिबार ०९:००


ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित ठाडो ढुङ्गामा सडक भासिएको एक हप्ता भएको छ । साउन ८ गते बेलुका करिब साढे पाँच बजेको समयमा सडकको एकातर्फको लेन अचानक भासिएको हो ।

सडक भासिएलगत्तै वडा कार्यालयलाई जानकारी गराए पनि हालसम्म उक्त खाडल जस्ताको तस्तै भएपछि स्थानीय आक्रोशित छन् भने सडक यात्रु र सवारी साधन चालक सबै मर्कामा परेका छन् ।ट्राफिक प्रहरीको समन्वयमा खाल्डो बनेको भागलाई छेकेर एकतर्फी सञ्चालन हुँदै आएको सडकको काम अविरल वर्षाको कारण रोक्नुपरेको वडा नम्बर ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले बताउनुभएको छ ।

उहाँले वडाले खाल्डो पुर्ने प्रयत्न गरे पनि खाडलमा पानी जमेको कारण काम गर्न नसकिएको जानकारी दिनुभयो ।आज जनआस्थासँग कुराकानी गर्दै महर्जनले आज बिहान पनि उक्त स्थानको निरीक्षण गर्न कामदार पठाइएकोमा काम गर्न सक्ने अवस्था नभएको जानकारी प्राप्त भएको उल्लेख गर्नुभएको छ । वडाध्यक्षले भन्नुभयो, ‘आज पानी नपरे भोलिबाट काम शुरु गर्न सकिन्छ ।’


प्रतिक्रिया दिनुहोस !