आफू अनुकूलको श्रीमान नपरेपछि मुद्दा स्थगित

आफू अनुकूलको श्रीमान नपरेपछि मुद्दा स्थगित

माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी,लेखराज भट्टसहितले माओवादीकै सांसद रहिरहन पाऊँ भनी सर्वोच्च अदालतमा हालेको निवेदनमा आज तोकिएको पेशी स्थगित गरिएको छ ।

न्यायाधीश डा.आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको पेशी रिट निवेदकका कानुन व्यवसायीबाट स्थगित गराइएको हो । स्रोतका अनुसार आफू अनुकूल न्यायाधीशको इजलास नतोकिएको कारण आज पेशी सार्न लगाइएको हो ।

यसअघि हिजो न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट हेर्न भ्याइएको थिएन । सो रिटउपर सुनुवाईका लागि आज डा.भट्टराईको ६ नम्बर इजलाश तोकिएको थियो ।

न्यायाधीश भट्टराई प्रतिनिधि सभाको दोश्रो विघटन बदर गर्ने असार २८ को फैसलामा सँलग्न हुनुहुन्थ्यो ।

प्रभू साह,लेखराज भट्ट, गौरीशंकर चौधरीसहित पूर्व माओवादीका सात जना माओवादी छाडेर एमाले अध्यक्ष केपी ओलीसँग नजिकिँदै मन्त्री पद खान गएका थिए ।

टिप्पणीहरू